बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

प्रधानमन्त्रीको कामप्रति हर्कको असन्तुष्टि, मागे तत्काल राजीनामा

प्रधानमन्त्रीको कामप्रति हर्कको असन्तुष्टि, मागे तत्काल राजीनामा

61
Shares
61
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (राई) ले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्नुभएको छ ।

मेयर साम्पाङले प्रधानमन्त्री कार्कीले हालैको ‘जेन-जी’ आन्दोलनको भावना र मर्मअनुसार काम गर्न नसकेको आरोप लगाउँदै तत्काल पदबाट राजीनामा दिन माग गर्नुभएको हो ।

उहाँले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यो धारणा सार्वजनिक गर्नुभएको हो। साम्पाङले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेख्नुभएको छ, “सुशीला जी… तपाईंले जेन्जीको मर्म अनुसारको काम गर्न सक्नु भएन! राजीनामा दिनुस्!”

आफ्नो पोस्टमा उहाँले आफू प्रधानमन्त्री भएमा आन्दोलनका मागहरू पूरा गर्ने दाबीसमेत गर्नुभएको छ। उहाँले अगाडि लेख्नुभएको छ, “म गर्छु उनीहरूको माग पुरा एक एक गरेर !”

जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको कामकारबाहीलाई लिएर विभिन्न क्षेत्रबाट प्रतिक्रियाहरू आइरहेका बेला मेयर साम्पाङको यो टिप्पणी सार्वजनिक भएको हो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend