बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

शिक्षकको तलब रोक्ने प्रधानाध्यापकलाई कारबाही हुने

शिक्षकको तलब रोक्ने प्रधानाध्यापकलाई कारबाही हुने

53
Shares
53
Shares

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले शिक्षकहरूको तलब रोक्ने प्रधानाध्यापकहरूलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ। उहाँले तलब दिनका लागि भोलीसम्मको समय दिनुभएको छ ।

दसैँ-तिहार जस्तो ठुलो चाडपर्वको बेलामा पनि केही विद्यालयका प्रधानाध्यापकहरूले शिक्षकलाई तलब नदिएको गुनासो आएपछि मन्त्री पुनले यस्तो चेतावनी दिनुभएको हो।

शिक्षा मन्त्रालयले शिक्षकहरूको तलब दसैँअघि नै विद्यालयहरूमा पठाइसकेको उहाँले बताउनुभयो। तर, केही विद्यालयले जानाजानी तलब रोकेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो।

मन्त्री पुनले भन्नुभयो, “भोलीसम्ममा शिक्षकहरूले तलब पाएनन् भने सम्बन्धित प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिलाई नियमअनुसार कारबाही गरिनेछ।” उहाँले चाडपर्वको बेला शिक्षकहरूलाई तलब नदिएर मानसिक तनाव दिनु नराम्रो कुरा भएको बताउनुभयो।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend