काठमाडौँ । ठगीको मुद्दामा फरार रही अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) बाट रेड नोटिसमा परेकी एक महिलालाई प्रहरीले संयुक्त अरब इमिरेट्स (युएई) बाट पक्राउ गरी नेपाल ल्याएको छ ।
धनुषाको जनकपुरधाममा बस्दै आएकी सिन्धुली कमलामाई-१४ की ऐश्वर्या दाहाललाई बिहीबार काठमाडौँ ल्याइएको हो। प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेका अनुसार, दाहालविरुद्ध ठगी मुद्दामा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले गत चैत २१ गते रेड नोटिस जारी गरेको थियो।
रेड नोटिस जारी भएपछि फरार रहेकी उनलाई युएईमा पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि नेपाल फिर्ता ल्याइएको प्रवक्ता घिमिरेले बताए ।
पक्राउ परेकी दाहाललाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, सुनसरीमा पठाइएको प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले जानकारी दिएको छ ।
Photo: AI
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend