बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अर्थमन्त्री खनालले व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग नगर्ने, सुचना मन्त्रालयबाटै सार्वजनिक हुने

अर्थमन्त्री खनालले व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग नगर्ने, सुचना मन्त्रालयबाटै सार्वजनिक हुने

54
Shares
54
Shares

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले आफु पदमा रहुन्जेल व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग नगर्ने घोषणा गरेका छन् । मन्त्रीका व्यक्तिगत विचार र निर्णयले संस्थागत संरचनालाई ओझेलमा पार्न सक्ने भन्दै उनले यस्तो निर्णय लिएका हुन् ।

यो निर्णयसँगै अब अर्थ मन्त्रालयसँग सम्बन्धित सम्पुर्ण सूचना, सन्देश र घोषणाहरू मन्त्रालयको आधिकारिक सामाजिक सञ्जाल र वेबसाइटमार्फत मात्रै सार्वजनिक गरिनेछ ।

अर्थमन्त्री खनालले राज्यका निकाय र संस्थागत प्रणालीलाई बलियो बनाउने उद्देश्यले यस्तो कदम चालेको बताएका छन्। उनले व्यक्तिगत प्रचारभन्दा संस्थागत जवाफदेहिता र पारदर्शिता महत्वपुर्ण हुनेमा जोड दिए ।

पछिल्लो समय सार्वजनिक पदमा रहेका व्यक्तिहरूले व्यक्तिगत सामाजिक सञ्जालबाटै महत्वपुर्ण घोषणाहरू गर्ने र त्यसले भ्रम तथा विवाद सिर्जना गर्ने गरेको थियो । अर्थमन्त्रीको यो घोषणालाई राज्यको संस्थागत प्रणालीलाई सम्मान गर्ने र सुचना प्रवाहलाई व्यवस्थित बनाउने एक सकारात्मक प्रयासका रूपमा लिइएको छ। उनले हालै देशको आर्थिक अवस्थालाई ध्यानमा राख्दै सरकारी खर्च कटौतीका लागि चालेका कठोर कदमहरूको पनि प्रशंसा भइरहेको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend