बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

देश पुनर्निर्माणका लागि सहयोग गर्न सरकारको आह्वान

देश पुनर्निर्माणका लागि सहयोग गर्न सरकारको आह्वान

87
Shares
87
Shares

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनका क्रममा क्षतिग्रस्त सार्वजनिक तथा सरकारी भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि सरकारले सबैलाई सहयोग गर्न आह्वान गरेको छ। अर्थ मन्त्रालयले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै ‘भौतिक पुर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरिएको र सोही कोषमा सहयोग रकम जम्मा गर्न अनुरोध गरेको हो ।

मन्त्रिपरिषद्को असोज ८ गतेको निर्णयअनुसार, आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाको लागि कोष स्थापना गरिएको हो ।

अर्थ मन्त्रालयका सह-सचिव तथा प्रवक्ता टंक प्रसाद पाण्डेयद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “उक्त कोषमा नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरू, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट अमुल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन नेपाल सरकार हार्दिक आह्वान गर्दछ।”

मन्त्रालयले कोषमा जम्मा गरिएको आर्थिक सहायता रकमलाई योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन/खर्च कट्टी गर्न पाइने व्यवस्था मिलाइएको जनाएको छ।

सहयोग गर्ने खाताको बिबरण:
सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूले निम्न बैंक खातामा रकम जम्मा गर्न सक्नेछन्:
खाताको नाम: भौतिक पुर्वाधार पुनर्निर्माण कोष (Physical Infrastructure Reconstruction Fund)
बैंकको नाम: राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार, काठमाडौँ
खाता नं.: 1960100102070004
Swift Code: RBBANPKA

उक्त बैंक खाता वा विज्ञप्तिमा दिइएको QR कोडमार्फत पनि सोझै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ। सरकारले यो अभियानमा आ-आफ्नो ठाउँबाट सकेको सहयोग गरी राष्ट्र पुनर्निर्माणमा जुट्न सबैलाई अपिल गरेको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend