बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

जेनजी आन्दोलनमा रास्वपाको सबैभन्दा ठुलो उपस्थिति थियो: प्रवक्ता झा

जेनजी आन्दोलनमा रास्वपाको सबैभन्दा ठुलो उपस्थिति थियो: प्रवक्ता झा

60
Shares
60
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालैको जेनजी आन्दोलनमा आफ्नो पार्टीका सदस्यहरूको सबैभन्दा उल्लेख्य उपस्थिति रहेको दाबी गरेको छ। मंगलबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झाले यस्तो दाबी गर्नुभएको हो।

प्रवक्ता झाले आन्दोलन कुनै एउटा पार्टीको नभए पनि सहभागीहरूको संख्या र प्रतिशतको हिसाबले रास्वपाको उपस्थिति सबैभन्दा बलियो रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “यदि हामीले संख्या र प्रतिशतमा हेर्ने हो भने, आन्दोलनमा हाम्रो पार्टीका सदस्यहरूको उपस्थिति सबैभन्दा बढी थियो । तर, हामीले यसलाई कहिल्यै पनि रास्वपाको आन्दोलन भनेर दाबी गरेनौँ किनभने यो आम नागरिकको स्वतःस्फुर्त आन्दोलन थियो।”

उहाँले आन्दोलनमा पार्टीका पूर्व केन्द्रीय सदस्य सुमना श्रेष्ठ, केन्द्रीय सदस्य गणेश कार्की र कान्तिशिखा जस्ता नेता तथा कार्यकर्ताहरूले सक्रिय भुमिका निर्वाह गरेको जानकारी दिनुभयो।

यद्यपि, झाले भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनमा रास्वपाका सदस्यहरू सहभागी भए पनि २४ गते भएको हिंसात्मक घटनाका लागि पार्टीले कुनै पनि औपचारिक आव्हान नगरेको स्पष्ट पार्नुभयो। उहाँले पार्टी शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको तर कुनै पनि किसिमको हिंसात्मक गतिविधिमा आफ्नो संलग्नता नरहेको बताउनुभयो।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend