बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

दुर्गा प्रसाईंको कुलमान घिसिङमाथि गम्भीर आरोप: “अमेरिकी सेना भित्र्याउँदैछन्”

दुर्गा प्रसाईंको कुलमान घिसिङमाथि गम्भीर आरोप: “अमेरिकी सेना भित्र्याउँदैछन्”

60
Shares
60
Shares

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङमाथि अमेरिकी सेना नेपाल भित्र्याउने तयारी गरेको गम्भीर आरोप लगाउनुभएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंले यस्तो दाबी गर्नुभएको हो।

प्रसाईंले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र त्यसअन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए-नेपाल) परियोजनाहरू मन्त्री घिसिङकै पहलमा नेपाल भित्रिएको र यसैमार्फत अमेरिकी सेना ल्याउने षड्यन्त्र भइरहेको बताउनुभयो।

“एमसीसी ल्याउने प्रमुख व्यक्ति कुलमान घिसिङ हुन्, यसको सबैभन्दा बढी वकालत गर्ने पनि उनी नै हुन्,” प्रसाईंले पत्रकारहरूसँग भन्नुभयो, “अब एमसीए-नेपालको नाममा अमेरिकी सेनालाई देशमा प्रवेश गराउने तयारी पनि उनैले गरिरहेका छन्। छिट्टै अमेरिकी सेना नेपाल आउँदैछ।”

उहाँले मन्त्री घिसिङले देशको हितविपरीत काम गरेको आरोप लगाउँदै उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता स्वर्णिम वाग्लेले पनि एमसीसी परियोजनाको पक्षपोषण गरेको दाबी गर्नुभयो। प्रसाईंको यो आरोपले राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ, यद्यपि यसबारे मन्त्री घिसिङ वा अन्य सम्बन्धित निकायबाट कुनै प्रतिक्रिया आइसकेको छैन ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend