बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

चुनावको तयारी अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

चुनावको तयारी अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

29
Shares
29
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो प्रतिनिधि सभा चुनावको तयारी तुरुन्तै अगाडि बढाउन निर्वाचन आयोगलाई निर्देशन दिनुभएको छ । मंगलबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा उहाँले चुनाव स्वच्छ, स्वतन्त्र र निष्पक्ष गराउनु सरकारको मुख्य प्राथमिकता भएको बताउनुभयो ।

छलफलमा प्रधानमन्त्री कार्कीले चुनावका लागि आवश्यक पर्ने सबै स्रोत, साधन र जनशक्ति सरकारले उपलब्ध गराउने विश्वास दिलाउनुभयो। उहाँले भन्नुभयो, “सरकार चुनावका लागि चाहिने सबै कुराहरू दिन्छ, भरपर्दो शान्ति सुरक्षाको व्यवस्था पनि मिलाउँछ। तपाईंहरू तयारीका सबै काम सुरु गर्नुहोस्।”

बैठकमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त राम प्रसाद भण्डारीले चुनावका लागि चाहिने धेरैजसो सामग्रीहरू आयोगसँगै रहेको जानकारी दिनुभयो। उहाँले नभएका सामग्रीहरू देशमै बनेकालाई प्राथमिकता दिएर किनिने र भरपर्दो सुरक्षा व्यवस्था मिलाइदिन सरकारलाई अनुरोध गर्नुभयो।

छलफलमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल र कानुनमन्त्री अनिल कुमार सिन्हासहित सरकारका उच्च अधिकारीहरू र आयोगका पदाधिकारीहरूको उपस्थिति थियो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend