काठमाडौँ । हालै जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा भएको तोडफोड र क्षतिको बिमा दाबी २२ अर्ब २५ करोड रुपैयाँभन्दा बढी पुगेको छ। नेपाल बिमा प्राधिकरणका अनुसार, यो दाबी सबैभन्दा धेरै बागमती प्रदेशमा परेको छ।
बागमती प्रदेशमा मात्र १७ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको बिमा दाबी परेको छ। यस प्रदर्शनबाट क्षति भएका सम्पत्तिहरूको कूल २,४७८ वटा दाबी विभिन्न १८ वटा बिमा कम्पनीहरूमा दर्ता भएको छ।
भदौ २३ र २४ गते भएको प्रदर्शनमा सरकारी र निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो। बिमा प्राधिकरणले यो दाबी निजी सम्पत्तिमा भएको क्षतिको मात्र रहेको बताएको छ।
क्षतिको मात्रा धेरै भएकाले यो दाबी अझै बढ्न सक्ने सम्भावना छ। विभिन्न कम्पनीहरूमध्ये, ओरियन्टल इन्स्योरेन्समा ५ अर्ब २२ करोड र सिद्धार्थ इन्स्योरेन्समा ५ अर्ब ८ करोड रुपैयाँको दाबी परेको छ।
कुन प्रदेशमा कति दाबी?
कोशी: ३२२
मधेस: २४६
बागमती: १,३४३
गण्डकी: १८४
लुम्बिनी: २०२
कर्णाली: २२
सुदुरपश्चिम: १५९
यी दाबीहरूमा गाडी, घरजग्गा, र अन्य सम्पत्तिको बिमा पर्दछन् ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend