बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

सञ्चारमन्त्री खरेलको पहिलो निर्णय: मुख्य शहरमा निःशुल्क वाईफाई

सञ्चारमन्त्री खरेलको पहिलो निर्णय: मुख्य शहरमा निःशुल्क वाईफाई

37
Shares
37
Shares

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सुचना प्रविधि मन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेलगत्तै आफ्नो पहिलो निर्णय सार्वजनिक गरेका छन् । उनले देशभरका मुख्य शहरहरूमा पाँच महिनाभित्र निःशुल्क वाईफाई (Free Wi-Fi) उपलब्ध गराउने निर्णय गरेका हुन् ।

यो योजनाअनुसार, सुरुमा काठमाडौँमा दुई महिनाभित्र यो सेवा दिइनेछ । त्यसपछि, सातै प्रदेशका राजधानी र अन्य ठुला शहरका सार्वजनिक स्थानहरूमा क्रमशः यो सुविधा विस्तार गरिनेछ । यो निर्णय नेपाल दुरसञ्चार प्राधिकरणमार्फत कार्यान्वयनमा ल्याइने मन्त्री खरेलले बताएका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend