काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पुर्वमन्त्री दीपक खड्काको घरमा सम्पत्ति शुद्धीकरण विभागको टोली पुगेको छ ।
हालै भएको जेनजी आन्दोलनको बेला प्रदर्शनकारीहरूले यी दुवै नेताको घर जलाएका थिए । त्यस क्रममा घरभित्र ठुलो मात्रामा पैसा भेटिएको भिडियो बाहिर आएको थियो ।
भिडियोमा देउवाको बुढानिलकण्ठस्थित घरमा डलर र नेपाली रुपैयाँका जलेका नोटहरू देखिएका थिए भने, पुर्वमन्त्री खड्काको घरबाट पनि केही रकम हावामा उडिरहेको देखिएको थियो ।
यी भिडियोहरू सार्वजनिक भएपछि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान सुरु गरेको हो । विभागको टोलीले जलेको घर र पैसा भेटिएको ठाउँको अवस्थाबारे मुचुल्का (जाँचबुझ गरी तयार पारिएको लिखित विवरण) उठाएको छ । यो मुचुल्काको आधारमा थप अनुसन्धान अगाडि बढाइनेछ ।
यता, देउवाको सचिवालयले भने घरभित्र पैसा र सुरुङ नभएको दाबी गर्दै पानीको ट्याङ्की मात्र रहेको बताएको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend