नयाँ गायक रुजन सिवाकोटीले आफ्नो नयाँ गीत ‘चञ्चले आँखा…’ को भिडियो अमेरिकाबाट सार्वजनिक गरेका छन्।
अमेरिकाको भर्जिनियामा बस्दै आएका रुजनको यो गीतमा गायिका मेलिना राईले पनि स्वर दिएकी छिन्। गीतको रेकर्डिङ अमेरिकाको बाल्टिमोरमा रहेको आरएल डिजिटल स्टुडियोमा भएको हो।
गीतको शब्द डीपी खनाल, सङ्गीत देवेन्द्र बराल र अभिनयमा सुनिल क्षत्री र केकी अधिकारी छन । गीतको भिडियो सुनिल क्षत्रीले निर्देशन गरेका हुन्, जसमा सुनिल र केकीको नृत्य आकर्षक देखिन्छ। यस गीतको भिडियो रुजनको आफ्नै युट्युब च्यानलबाट रिलिज गरिएको छ ।
भिडियोमा कोरियोग्राफी अबी वाग्ले, छायांकन दिनेश पराजुली र सम्पादन अमृत चापागाईँले गरेका हुन्। दर्शकले भिडियो मन पराएकोमा गायक रुजनले खुसी व्यक्त गरेका छन्।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend