सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

Dr. Toshima Karki

डेनभरमा सम्पन्न डा. तोसिमा कार्कीको अन्तरक्रिया कार्यक्रम: पुस्तान्तरणदेखि संघीयता खारेजसम्मका विषयमा खुला संवाद

डेनभरमा सम्पन्न डा. तोसिमा कार्कीको अन्तरक्रिया कार्यक्रम: पुस्तान्तरणदेखि संघीयता खारेजसम्मका विषयमा खुला संवाद

827
Shares
827
Shares

कोलोराडो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीको प्रमुख उपस्थितिमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा पुस्तान्तरण, संघीयता, स्वास्थ्य नीति, कर्मचारीतन्त्र सुधार जस्ता विषयहरूमा गहन छलफल भयो । कोलोराडो च्याप्टर अध्यक्ष शिशिर कुवरको सभापतित्वमा सम्पन्न कार्यक्रम फिरोज तिमल्सिनाले सञ्चालन गरेका थिए । कार्यक्रमको सुरुवात नेपाली तथा अमेरिकन राष्ट्रिय गानबाट भएको थियो ।

कार्यक्रममा डा. कार्कीले पुराना पार्टीहरूमा पुस्तान्तरणको अभावले उत्पन्न समस्याको चर्चा गर्दै आफ्नो पार्टीले ६० वर्षमा राजनीतिबाट विश्राम र अध्यक्षको दुई कार्यकालको सीमा लागु गर्ने बताइन्। संघीयताको सन्दर्भमा प्रदेश तह खारेज गरी दुई तहको शासन प्रणालीलाई व्यवहारिक विकल्पका रूपमा प्रस्तुत गरिन्।

प्रवासी नेपालीको भूमिकालाई अत्यन्त महत्वपूर्ण ठहर गर्दै उनले रास्वपाको नीति “एक पटकको नेपाली सधैँको नेपाली” दोहोर्‍याइन्। पार्टीको बहुमत प्राप्तिको लक्ष्यसहित कर्मचारीतन्त्र सुधारलाई पहिलो कार्य दिनको प्राथमिकतामा राख्ने घोषणा पनि गरिन्।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जयराज लामिछाने, जानुका गौतम र वरिष्ठ समाजसेवी नारायण श्रेष्ठको उपस्थिति थियो। प्रश्नोत्तर सत्रमा सन्जय दाहाल, नवराज मरासिनी, हेम गिरि, करिणा कुवर, योग श्रेष्ठ, जयराम लामिछाने, नारायण रिजाल, भोला कटुवाल, तेज ढकाल, धर्मराज श्रेष्ठ, पुरुषोत्तम नेपाल, टीका पौडेल, सुमन कुमार रेग्मी, सन्दिप पौडेल र नवराज श्रेष्ठले विविध प्रश्नहरू उठाएका थिए।
कार्यक्रममा सहभागीहरूले रास्वपाको नीति र डा. कार्कीको स्पष्ट संवाद शैलीको प्रशंसा गरे। तर केहीले पार्टीभित्र देखिएको “पुराना दलहरूको कार्यशैलीको पुनरावृत्ति” प्रति आलोचना पनि जनाएका थिए।
कार्यक्रमको अन्त्यमा समाजसेवी नारायण श्रेष्ठले डा. कार्कीलाई “२०८४ को लागि अगाडि बढ्नुस्” भनेर खुलेर हौसला दिएका थिए, जसले कार्यक्रममा उत्साह थप्यो । डा. कार्कीको अमेरिका भ्रमण डेनभरपछि मेरिल्यान्ड, भर्जिनिया र न्यूयोर्कमा जारी रहनेछ, जहाँ पनि उनले प्रवासी नेपालीहरूसँग प्रत्यक्ष अन्तरक्रिया र प्रशिक्षणमार्फत रास्वपाको दृष्टिकोण विस्तार गर्नेछिन् ।

डा. कार्कीको मन्तब्य जस्ताको त्यस्तै भिडियोमा:
(यो भिडियो बिआरटी नेपालको फेसबुक पेजबाट लाइभ भएको डाउनलोड गरिएको हो ।)

  • प्रतिक्रिया दिनुहोस

    अर्जुन प्रधान का अरू रचना

    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend