बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

एमालेको संविधान दिवस कार्यक्रममा ओली अनुपस्थित

एमालेको संविधान दिवस कार्यक्रममा ओली अनुपस्थित

29
Shares
29
Shares

काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसरमा च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन्।

कार्यक्रममा ओलीको लागि तोकिएको आसन पनि खाली थियो। पार्टीका महासचिव शंकर पोख्रेलले सञ्चालन गरेको यो कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी थिइन्। कार्यक्रममा प्रमुख वक्ताको रूपमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गरेका थिए।

हालै जेनजी युवा आन्दोलनका कारण सरकारको नेतृत्व छोड्न बाध्य भएका ओली अहिलेसम्म कुनै पनि औपचारिक सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। यो अनुपस्थिति यसैको निरन्तरता भएको बुझिएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend