बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

‘लुट रिपोर्ट’ एप सञ्चालनमा

‘लुट रिपोर्ट’ एप सञ्चालनमा

78
Shares
78
Shares

काठमाडौं । जेन-जी आन्दोलनका बेला भएका तोडफोड, आगजनी र लुटपाटका घटनाबारे जानकारी दिन तथा प्रमाण जम्मा गर्नका लागि ‘लुट रिपोर्ट’ नामको नयाँ एप सुरु भएको छ। यो एपको ठेगाना loot-report.lovable.app हो। प्रयोगकर्ताहरूले आफ्नो परिचय नखुलाई घटनाका भिडियोहरू यसमा अपलोड गर्न सक्छन्।

यो एप भदौ २३ र २४ गतेका घटनापछि सुरु गरिएको हो। यसमा अहिलेसम्म एक हजार ९१६ भन्दा बढी भिडियोहरू अपलोड भइसकेका छन्। यसलाई ‘कम्युनिटी पावर रिपोर्टिङ सिस्टम’ भनिएको छ, जसले शंकास्पद काम गर्ने मानिसहरूलाई चिन्न र पत्ता लगाउन मद्दत गर्नेछ।

एपका अनुसार, यसको मुख्य उद्देश्य घटनाहरूको प्रमाण जम्मा गर्नु हो, कसैलाई दोषी प्रमाणित गर्नु होइन। एपमा अपलोड गरिएका भिडियोमा देखिएका मानिसहरू स्वतः अपराधी ठहरिने छैनन्। यो केवल घटनाहरूको विवरण राख्ने एउटा डाटाबेस हो, जसलाई भविष्यमा सरकारी निकाय वा अदालतले अनुसन्धानका लागि प्रयोग गर्न सक्नेछन्।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend