काठमाडौँ,। संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालीहरूलाई दिइने वर्किङ भिसा पनि बन्द गरेको छ। यसअघि युएईले भिजिट भिसा मात्र रोकेको थियो।
गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईका उपाध्यक्ष भीम मल्ल ठकुरीले जानकारी दिएअनुसार, अहिले युएईले भिजिट र वर्किङ दुवै भिसा बन्द गरेको छ। यो रोक कहिले सम्मका लागि हो भन्नेबारे भने कुनै जानकारी दिइएको छैन।
नेपालमा अहिले देखिएको अवस्थाका कारण यस्तो निर्णय भएको हुनसक्ने अनुमान गरिएको छ। यसअघि, धेरै नेपालीहरू भिजिट भिसामा गएर युएईमा अलपत्र परेका थिए। दलालहरूले भिजिट भिसा र फ्रिल्यान्सर भिसाको नाममा ठगी धन्दा चलाएका थिए।
युएईमा रहेको र नेपालमा रहेको केही कम्पनीहरूले भिसाको लागि आवेदन दिन नसकेको र पहिले नै आवेदन दिएका भिसा पनि रद्द हुन थालेको बताएका छन्।
वैदेशिक रोजगारका लागि युएई नेपालीहरूको महत्त्वपूर्ण गन्तव्य हो। अहिले त्यहाँ लगभग ८ लाख नेपाली काम गरिरहेका छन्।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend