बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

जनार्दन शर्माले प्रचण्डको राजीनामा मागे

जनार्दन शर्माले प्रचण्डको राजीनामा मागे

123
Shares
123
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा मागेका छन् ।

‘जेनजी’ युवाहरूले चलाएको आन्दोलनले पुराना नेताहरूको काम गर्ने तरिकामा प्रश्न उठाएको भन्दै शर्माले प्रचण्डको राजीनामा मागेका हुन् ।

उनको भनाइअनुसार, यो आन्दोलनले भ्रष्टाचार र गलत राजनीतिको भण्डाफोर गरेको छ र अब देशलाई नयाँ नेतृत्व चाहिएको छ । उनले पार्टीभित्र यो विषयमा छलफल पनि सुरु गरेका छन् ।

‘जेनजी’ आन्दोलनको सार
नेतृत्व परिवर्तन: पार्टीको मुख्य नेतृत्वले तुरुन्तै राजीनामा दिनुपर्छ।
भ्रष्टाचार छानबिन: २०४६ सालपछि पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ। यसका लागि एउटा स्वतन्त्र आयोग बनाउनुपर्ने उनको माग छ।
चुनावको तयारी: अहिलेको सरकारलाई सहयोग गरेर छिट्टै चुनाव गर्ने वातावरण बनाउनुपर्छ।
नयाँ निर्वाचन प्रणाली: प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्न बहस सुरु गर्नुपर्छ।

शर्माले भनेका छन्, “जेनजी आन्दोलनले देशलाई नयाँ दिशा दिन बाटो खोलेको छ। यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ।” यसअघि, शर्माले गत साउनमा पनि प्रचण्डको नेतृत्वमाथि प्रश्न उठाएका थिए । तर, उनको कुरालाई पार्टीको बहुमतले अस्वीकार गरेको थियो ।
प्रचण्ड पक्षका नेताहरूले भने जनार्दन शर्मामाथि पार्टीमा अराजकता फैलाएको आरोप लगाउने गरेका छन् ।

भ्रष्टाचार र राम्रो शासनको माग गर्दै जेनजी (युवा) हरूले सामाजिक सञ्जालबाट अभियान चलाएर भदौ २३ गते काठमाडौंमा प्रदर्शन गरेका थिए ।यो प्रदर्शनले उग्र रुप लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो । आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा नेपाली सेनाले हेलिकप्टर प्रयोग गरेर राष्ट्रपति, प्रधानमन्त्री र अन्य नेताहरूलाई सुरक्षित ठाउँमा पुर्‍याएको थियो ।

अहिले पुर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गराउने निर्णय गरेको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend