मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 29, 2026 Wednesday

सुर्खेतमा ‘सतीदेवी’ को विशेष सो र कर्णाली नारी सम्मान सम्पन्न, दर्शक भावविभोर

सुर्खेतमा ‘सतीदेवी’ को विशेष सो र कर्णाली नारी सम्मान सम्पन्न, दर्शक भावविभोर

70
Shares
70
Shares

काठमाडौँ | नारी चेतना, सामाजिक यथार्थ र मानवीय संवेदनालाई उजागर गर्ने चलचित्र ‘सतीदेवी’ को विशेष सो तथा कर्णाली उत्कृष्ट नारी सम्मान समारोह २०८२ शनिवार सुर्खेतको वीरेन्द्रनगरमा भव्य रूपमा सम्पन्न भयो।

लक्ष्मी चलचित्र मन्दिरमा आयोजित शोमा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल, प्रदेशका ऊर्जा मन्त्री विजया बुढा लगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो। चार सयभन्दा बढी दर्शकको साथमा चलेको विशेष शोले हलमा उपस्थित सबैलाई भावुक बनायो। कतिपय दर्शक त खुलेआम रुन थाले।

नगर प्रमुख मोहनमाया ढकालले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभूति यसरी साटिन्:

“सतीदेवी हेरेपछि मन गह्रौं भयो। महिलाको संघर्ष, समाजले गर्ने विभेद, किशोरीहरूको भावना—सबै दृश्यहरू हाम्रै जीवनको ऐना बनेर प्रस्तुत भए। चलचित्र सकिएपछि उठ्नै सकिएन, एक छिन मौन भएर बस्न मन लाग्यो।”

ऊर्जा मन्त्री विजया बुढासँगै चलचित्र अवलोकन गरेकी ढकालले फिल्मको सिक्वेलमा सफल महिलाको कथा देखिनुपर्ने सुझाव पनि निर्देशक लक्ष्मण सुवेदीलाई दिएकी थिइन्। निर्देशकले मुस्कुराउँदै सकारात्मक प्रतिक्रिया जनाए।

निर्देशक सुवेदीले फिल्मपछि प्रतिक्रिया दिँदै भने, “म आफै कर्णालीको हुँ, आफ्नै ठाउँमा आफ्ना दर्शकसँग बसेर फिल्म हेर्दा त्यो आत्मीयता अपूर्व थियो। आगामी प्रोजेक्ट यही प्रदेशमा छायांकन गर्न चाहन्छु।”

कार्यक्रमको विशेष आकर्षण ‘कर्णाली नारी सम्मान २०८२’ थियो, जसमा समाजमा महिलाको पहिचान, प्रेरणा र योगदानलाई सम्मान गरियो। प्लेयिङ फर चेन्जद्वारा आयोजित यस समारोहमा विभिन्न क्षेत्रबाट सशक्त महिलाहरूलाई सम्मान प्रदान गरिएको जानकारी अध्यक्ष प्रकाश खड्काले दिएका छन् ।

सम्मानित हुनेहरूमा जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा, नगर प्रमुख मोहनमाया ढकाल, पत्रकार माया थापा, खेलाडी सुनमाया बुढा, पाइलट सिर्जना रावत, समाजसेवी यमुना सापकोटा, राउटे समुदायकी अगुवा सत्यदेवी खड्का, महिला सहकारी अभियन्ता सुनिता खड्का, पत्रकार तृप्ति शाही लगायत थिए।

कार्यक्रमको सफलतामा प्लेयिङ फर चेन्जका प्रमुख प्रकाश खड्का,सल्लाहकार तथा युवा नेता भुपेन्द्रजंग शाहीलगायतको सकृय भूमिका रह्यो ।

‘सतीदेवी’ मा मलिका महत को शीर्ष भूमिका छ, साथमा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, बाल कलाकार हर्षिका वली र मञ्जिला बानियाँको सशक्त अभिनय रहेको छ। श्रीदेवी,दिलासा र सारा सुवेदीको निर्माण रहेको फिल्मले हालसम्म थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड जिती सकेको छ । यो फिल्मलाई दर्शकले पुन देशव्यापी प्रदर्शनको माग गरिरहेका छन्।

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend