काठमाडौँ । देशमा नयाँ सरकार गठन भएपछि सर्वसाधारणको जनजीवन सामान्य बन्दै गएको छ। केही दिनअघि आन्दोलनका कारण देशका विभिन्न क्षेत्रमा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाइएसँगै मानिसहरू आफ्नो पेसा, व्यापार र दैनिकीमा फर्किएका छन्।
युवापुस्तादेखि आम नागरिकसम्ममा नयाँ सुरुवातप्रति आशा र खुसी देखिएको छ। शान्ति सुरक्षाको अवस्था पनि सामान्य बनेको सरकारी निकायहरूले जनाएका छन्।
भ्रष्टाचार अन्त्य र सुशासन प्रवर्द्धन गर्ने अभियानको माग गर्दै आएको जेन-जी पुस्ताको आवाजलाई सम्बोधन गर्दै पुर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बनेको हो ।
जनताले चाहेको शान्ति, सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउने प्रतिबद्धता वर्तमान सरकारले जनाएको छ। साथै, तोकिएको समय सीमाभित्र नयाँ निर्वाचन सम्पन्न गरी सत्ता हस्तान्तरण गर्ने तयारी गरिएको जानकारी पनि दिइएको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend