बिराटनगर । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन्। यससँगै उनी विराटनगरकी छैटौँ प्रधानमन्त्री र पहिलो महिला कार्यकारी प्रमुख बनेकी छन्।
यसअघि विराटनगरबाट ५ जना प्रधानमन्त्री भएका थिए। अब कार्कीको नाम पनि उक्त सुचीमा थपिएको छ। उनी यसअघि नेपालकै पहिलो महिला प्रधानन्यायाधीश पनि बनेकी थिइन्। यस पटक पहिलो महिला प्रधानमन्त्रीको रूपमा अर्को इतिहास रचेकी छिन् । यस कारण विराटनगरलाई “प्रधानमन्त्री जन्माउने सहर” भनिन्छ।
सुशीला कार्कीको संक्षिप्त परिचय
जन्म : २००७ साल, विराटनगर
शिक्षा :
महेन्द्र मोरङ क्याम्पस, बी.ए.
भारतको बनारस हिन्दु विश्वविद्यालय, राजनीतिक शास्त्रमा स्नातकोत्तर
त्रिभुवन विश्वविद्यालय, कानुनमा स्नातक
कानुनी यात्रा:
कार्कीले वकालतबाट आफ्नो यात्रा सुरु गरिन् । ११ महिना प्रधानन्यायाधीश हुँदा उनले महत्वपूर्ण ऐतिहासिक फैसलाहरू गरिन् । उनले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई पदमुक्त गर्ने निर्णय गरिन। सञ्चार मन्त्री जेपी गुप्तालाई भ्रष्टाचार मुद्दामा जेल सजाय दिने निर्णय पनि उनले गरेकी थिइन।
विराटनगरका प्रधानमन्त्रीहरू
बिपी कोइराला – नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री
मातृका प्रसाद कोइराला – कांग्रेसका प्रभावशाली नेता
गिरिजा प्रसाद कोइराला – चार पटक प्रधानमन्त्री, बहुदलीय लोकतन्त्र पुनः स्थापक
मनमोहन अधिकारी – नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री
नगेन्द्र रिजाल – पञ्चायतकालीन प्रधानमन्त्री
सुशीला कार्की – पहिलो महिला प्रधानमन्त्री
यसरी विराटनगरले फेरि एक ऐतिहासिक प्रधानमन्त्री दिएको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend