अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की आजै शीतल निवासमा शपथ लिने भएकी छिन् । राष्ट्रपति भवनमै हुने शपथ समारोहपछि तत्काल मन्त्रिपरिषद्को पहिलो बैठक बस्ने तयारी भएको छ ।
बैठकले संसद् विघटनको सिफारिस गर्नेछ र सो सिफारिस राष्ट्रपतिले त्यति बेलै स्वीकृत गर्ने बुझिएको छ । यससँगै अन्तरिम सरकार औपचारिक रूपमा काम सुरु गर्नेछ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend