बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४, परिवार शोकमा, देशभर पीडाको छायाँ

जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४, परिवार शोकमा, देशभर पीडाको छायाँ

125
Shares
125
Shares

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्कअनुसार देशभरका विभिन्न अस्पतालमा उपचारका क्रममा यी युवाहरूले ज्यान गुमाएका हुन् ।

यो तथ्याङ्कसँगै देशभर शोकको वातावरण फैलिएको छ । परिवारहरूले आफ्ना छोराछोरी, दाजुभाइ, दिदीबहिनी गुमाएको पीडा सहन नसक्ने अवस्थामा छन् । उपचारका लागि अस्पताल पुग्दा शव झिकेर ल्याउनु परेको अवस्थाले आमनागरिकलाई भावुक बनाएको छ ।

देशभर १ हजार ३६८ जना घाइते भएका छन् । तीमध्ये ३२१ जना अझै उपचाररत छन् भने ९४९ जना डिस्चार्ज भइसकेका छन् । तर घाइतेमध्ये धेरै गम्भीर अवस्थामा रहेका कारण मृतकको संख्या अझै बढ्न सक्ने चिन्ता परिवार र चिकित्सक दुवैमा छ ।

मृतकहरूको विवरण अनुसारः
राष्ट्रिय ट्रमा सेन्टर – ८ जना
सिभिल अस्पताल – ६ जना
भेरी अस्पताल – ५ जना
एभरेस्ट अस्पताल – ३ जना
फ्रन्टलाइन अस्पताल – ३ जना
केएमसी अस्पताल – २ जना
त्रिवि शिक्षण अस्पताल – १ जना
बयोधा अस्पताल – २ जना
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान – २ जना
बीएनसी अस्पताल – १ जना
बिर्तासिटी अस्पताल – १ जना

यी संख्याले आन्दोलन कति हिंस्रक र पीडादायी बन्दै गएको छ भन्ने स्पष्ट देखाउँछ।

काठमाडौंको त्रिपुरेश्वरमा आफ्ना छोराको शव बुझ्न आएकी आमा रोइरहेको दृश्यले सबैलाई मुटु पोल्ने बनाएको छ । धेरै परिवार अझै अस्पताल चहारिरहेका छन्—कसैले घाइते छोराछोरीलाई सघाइरहेका छन्, कसैले शव बुझ्ने पालो पर्खिरहेका छन् ।

जेन–जी आन्दोलनले नयाँ राजनीतिक दिशा खोजिरहेको भए पनि यसको मुल्य निरपराध जनताले ज्यान गुमाएर चुकाइरहेका छन् । मृतकको परिवार मात्रै होइन, सारा समाज नै पीडामा डुबेको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend