काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो १२ बजेसम्म बन्द रहने भएको छ। जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २:३० बजेदेखि यो विमानस्थल बन्द गरिएको थियो।
यसरी विमानस्थल बन्द भएका कारण सबै आन्तरिक उडानहरु रद्द भएका छन्। बुद्ध एयरले बुधबार दिउँसो १२ बजेसम्म कुनै पनि उडान हुन नसक्ने जानकारी दिँदै यात्रुहरुलाई माफी मागेको छ। कम्पनीले विषय परिस्थितिका कारण उडान हुन नसकेको बताएको छ। उडान रद्द भएका यात्रुहरुलाई तिरेको टिकटको पैसा फिर्ता दिइनेछ।
वायुसेवा सञ्चालक सङ्घले आम जनतालाई सेवा दिने प्रतिबद्धता दोहोर्याएको छ। सङ्घले आफ्ना सदस्य कम्पनीहरु सधैं सेवामा तयार रहने बताएको छ।
साथै, सङ्घले भदौ २३ मा जेनजी प्रदर्शनमा घटेको दुःखद घटनामा गहिरो दुःख र चिन्ता व्यक्त गरेको छ। उनिहरुले मरेकाहरुप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरुको चाँडो निकोको कामना गरेका छन्।
सङ्घले छुट्टै विज्ञप्ति जारी गर्दै केही हेलिकप्टरहरुबाट कुनै राजनीतिज्ञ वा मन्त्रीहरुलाई उडान सेवा दिइएको भन्ने अफवाह खण्डन गरेको छ। उनिहरुले त्यस्तो सेवा कसैलाई दिइएको छैन भनेका छन्।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend