प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले घमन्ड र दम्भ गरेपछि अब देशका युवाहरू अगाडि घुँडा टेक्न बाध्य भएका छन् ।
उनी कहाँ छन् भन्ने कुरा सबैलाई चासोको विषय बनेको छ। आन्दोलनकारीहरूले सरकारी आवास बालुवाटारमा आगजनी र तोडफोड गर्नुभन्दा पहिले नै ओली त्यहाँबाट भागेका थिए।
उनी आफ्नी श्रीमतीसँगै सेनाको हेलिकप्टरबाट राजधानी नजिकैको बुढानीलकण्ठ नगरपालिकामा रहेको शिवपुरी सेना ब्यारेकमा पुगेका हुन्। उनलाई अहिले त्यही सेनाको ब्यारेकमा राखिएको छ।
युवा आन्दोलनकारीहरूको ठुलो प्रदर्शन र दबाबपछि मंगलबार दिउँसो उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। ओली र उनकी पत्नी सेनाको हेलिकप्टरमा चुपचाप भागेका थिए।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend