बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

जेन–जी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारमा काठमाडौं महानगरपालिकाको सहयोग

जेन–जी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारमा काठमाडौं महानगरपालिकाको सहयोग

155
Shares
155
Shares

काठमाडौं । राजधानीमा जारी जेन–जी युवाहरूको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारमा काठमाडौं महानगरपालिकाले सक्रिय सहयोग सुरु गरेको छ। सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली प्रहार र लाठीचार्ज गरेपछि थुप्रै युवा घाइते भएका थिए।

महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा घाइतेहरूको उद्धार र उपचारमा महानगरको टोली परिचालन गरिएको हो। धेरैजसो घाइतेलाई बानेश्वरस्थित सिभिल अस्पताल र महाकालस्थित ट्रमा सेन्टरमा लैजाइएका छन्।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार नगर प्रहरीको टोली अस्पतालमा पुगेर घाइतेहरूको उद्धार, आवश्यक सहयोग तथा उपचारमा सहजीकरण गरिरहेको छ।

उनका अनुसार सिभिल र ट्रमा सेन्टरमा बेड अभाव देखिएमा नगर प्रहरी अन्य अस्पतालमा समेत घाइतेलाई पुर्‍याउने व्यवस्था मिलाउनेछ।

महानगरले घाइते युवाहरूलाई तुरुन्त उपचारमा जोड दिनुका साथै आन्दोलनमा घाइते भएकालाई उपेक्षा नगर्ने प्रतिवद्धता जनाएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend