काठमाडौँ । नेपाल सरकारले हिजो बिहीबार साँझदेखि केही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । कारण, ती सञ्जालहरूले तोकिएको समयमै सुचीमा नाम दर्ता नगरेको भनेर भनिएको छ ।
नेपालीहरू लाखौँले दैनिक प्रयोग गर्ने फेसबुक, एक्स, युट्युबजस्ता सञ्जाल एकाएक बन्द हुँदा शिक्षा, व्यापार र जनजीवनमा ठुलो असर पर्ने चिन्ता बढेको छ । विशेषज्ञहरूले पुर्ण रूपमा बन्द गर्नु समाधान नभएको भन्दै सरकारलाई अरू उपाय खोज्न आग्रह गरेका छन् ।
अभियानकर्मीहरूको भनाइमा, सञ्जाल बन्द हुँदा सबैभन्दा ठुलो असर अभिव्यक्ति स्वतन्त्रतामा पर्छ । फ्रीडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालले सरकारको निर्णय कानुनी रूपमा कमजोर भएको बताए । उनका अनुसार, सरकारले संविधानमा लेखिएको सञ्चार गर्ने हकविपरीत स्वेच्छाचारी आदेश जारी गरेको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend