बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

प्रधानमन्त्री ओलीको भारत भ्रमण तत्काल नहुने सम्भावना

प्रधानमन्त्री ओलीको भारत भ्रमण तत्काल नहुने सम्भावना

76
Shares
76
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण चाँडै नहुने चर्चा भइरहेको छ। भारतको द प्रिन्ट पत्रिकाले भदौमा भ्रमण नहुने समाचार छापेपछि नेपालमा यसलाई लिपुलेक विवादसँग पनि जोडेर हेरिएको छ।

तर नेपाली अधिकारीहरूले भने भ्रमणको मिति अझै पक्का नभएको बताएका छन् । एक पुर्वराजदुतले पनि मिति नटुंगिँदै भ्रमण नहुने भन्ने हतारो गर्ने अवस्था नभएको बताएका छन ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, “भारतीय विदेश सचिवले निमन्त्रणापत्र दिइसक्नुभएको छ । अहिले अनुकुल मिति तय गर्ने प्रक्रिया चलिरहेको छ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट निमन्त्रणा दिन भारतका विदेश सचिव विक्रम मिस्री काठमाडौं आएका थिए । भारतको विदेश मन्त्रालयले भदौ २ गते जारी गरेको विज्ञप्तिमा मिस्रीले ओलीलाई औपचारिक निमन्त्रणा पत्र बुझाएको उल्लेख छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend