काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको आधिकारिक यात्रा पुरा गरी आज नेपाल फर्किएका छन् ।
उनी चीनको राष्ट्रपति सी चिनफिङको निम्तोमा ‘शंघाई सहयोग संगठन’ को शिखर सम्मेलनमा भाग लिन २३ जनाको नेपाली टोलीलाई लिएर चीन गएका थिए ।
त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतले उनलाई स्वागत गरे । विमानस्थलमा सेनाले उनको सम्मानमा गार्ड अर्पण गर्यो ।
चीनमा बसेको शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपालको बारेमा बोले। उनले चीन, भारत, रूस लगायतका देशका नेताहरूसँग भेटगरी कुराकानी गरे ।
प्रधानमन्त्री ओलीसँग उनकी श्रीमती राधिका शाक्य, केही मन्त्रीहरू र अधिकारीहरू पनि थिए ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend