बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

प्रधानमन्त्री र मन्त्रीका गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नहुने

प्रधानमन्त्री र मन्त्रीका गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नहुने

55
Shares
55
Shares

काठमाडौँ । नेपालमा उच्च पदस्थ व्यक्तिहरूका गाडीमा अहिले नीलो र रातो रंगको नम्बर प्लेट प्रयोग हुँदै आएको छ। तर त्यस्तो किसिमको नम्बर प्लेटलाई इम्बोस्ड शैलीमा बनाउने व्यवस्था नभएकाले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूका गाडीमा नयाँ नम्बर प्लेट जडान गर्न नसकिएको अधिकारीहरूले बताएका छन्।

सर्वसाधारणका लागि भने यातायात विभागले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ। असोज १ गतेदेखि नम्बर प्लेट नलगाएका सवारीसाधनलाई कारबाही गर्ने तयारी भए पनि विरोधका कारण सरकारको योजना केही दिनअघि स्थगित गरिएको हो ।

यातायात विभागका प्रवक्ता गणेशमान सिंह राईका अनुसार हाल इम्बोस्ड नम्बर प्लेट केवल पहेँलो पृष्ठभूमिमा कालो अक्षर (ट्याक्सी), सेतो पृष्ठभूमिमा रातो वा कालो अक्षर (सरकारी, निजी, सार्वजनिक गाडी) मा मात्रै लागु हुन्छ। तर उच्च पदाधिकारीका गाडीमा प्रयोग हुने पुरानो ढाँचा माथि रातो र तल नीलो रंग भएको नम्बर प्लेटअझै कायम छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend