चीन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनमा भएको शाङ्घाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) शिखर सम्मेलनकै क्रममा भेटघाट भएको छ ।
दुवै नेताले पुटिनको कारमै बस्दै करिब ४५ मिनेट लामो कुराकानी गरेका छन । भेटपछि मोदीले कारभित्र खिचिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै पुटिनलाई धन्यवाद दिएका छन् ।
पुटिनका प्रवक्ताले भने, “नेताहरूलाई कारमै सहज लागेकाले उनीहरूले त्यहीँ वार्ता गर्न रोजे ।”
यसअघि पनि सम्मेलनको क्रममा मोदी र पुटिनलाई हात समात्दै रमाइलो कुराकानी गरिरहेको देखिएको थियो । विश्लेषकहरूले दुबै नेताको नजिकियताले अमेरिकाको प्रभावलाई चुनौती दिन सक्ने चर्चा गरेका छन् ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend