काठमाडौँ । नेपाल सरकारले असोज १ गतेदेखि नेपाल आउने विदेशी नागरिकलाई विशेष दर्ता र अनुगमन गर्ने नयाँ प्रणाली लागु गर्ने भएको छ ।
अध्यागमन विभागका अनुसार पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका तारे होटेलमा बस्ने सबै विदेशी पाहुनालाई डिजिटल दर्ता गर्नुपर्नेछ । यसबाट उनीहरूको बसाइ र गतिविधि निरन्तर निगरानी गर्न सजिलो हुने भनिएको छ ।
हालसम्म नेपाल आउने विदेशीहरूको नाम, ठेगाना आदि अध्यागमन चेकपोइन्टमै मात्र राखिने गर्थ्यो । तर उनीहरू नेपाल भित्रिएपछि कहाँ बस्छन् र के गर्छन् भन्ने जानकारी अभाव थियो ।
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार, “विदेशीको रेकर्ड आउँदा खेरी हुन्छ, तर पछि उनीहरूको गतिविधि कहाँ छ भन्ने ट्र्याकिङ गर्न नयाँ प्रणाली ल्याइएको हो ।”
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend