बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अमेरिकामा थप ३१ वस्तुमा सुविधा दिन नेपालको आग्रह

अमेरिकामा थप ३१ वस्तुमा सुविधा दिन नेपालको आग्रह

90
Shares
90
Shares

काठमाडौं । नेपालले अमेरिकामा निर्यात हुने तयारी पोसाक, जुत्ता, पस्मिना, फेल्टलगायत ३१ वस्तुमा भन्सार छुट सुविधा दिन आग्रह गरेको छ।

उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीले बुधबार अमेरिकी राजदूत डिन आर. थोम्पसनसँगको भेटमा यो माग राखेका हुन्।

हाल ७७ वस्तुमा शून्य भन्सार सुविधा भए पनि निर्यात बढ्न नसकेको मन्त्री भण्डारीले बताए। उनले अमेरिकालाई नेपालका घरेलु, साना र मझौला उद्योगका लागि संवेदनशील बजार भन्दै सहुलियत निरन्तर दिन आग्रह गरे।

राजदूत थोम्पसनले नेपालका चासोबारे अमेरिकामा छलफल भइरहेको जनाउँदै लगानी र बौद्धिक सम्पत्ति क्षेत्रमा सहकार्य गर्न अमेरिका तयार रहेको बताए।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend