काठमाण्डौ । सरकारले स्वास्थ्य बीमा समयमा नवीकरण नगरेमा बढी शुल्क तिर्नु पर्ने चेतावनी दिएको छ ।
स्वास्थ्य बीमा बोर्डले आज सूचना जारी गर्दै अघिल्लो वर्ष बीमा गरेका तर नवीकरण नगरेका परिवारलाई एक पटकका लागि अतिरिक्त शुल्क मिनाहा गर्ने तर आउँदो कात्तिक ३१ पछि भने विलम्ब शुल्क अनिवार्य रूपमा लाग्ने जनाएको हो।
बोर्डको सूचनाअनुसार असोज मसान्तसम्म नवीकरण गर्नेहरूले पुरानै शुल्क तिर्नेछन्। तर ३ महिनाभित्र नवीकरण गरेमा १० प्रतिशत, ६ महिनाभित्र गरेमा ३० प्रतिशत, एक वर्षभित्र गरेमा ५० प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ।
त्यसैगरी, एक वर्षभन्दा बढी ढिला गरेमा शतप्रतिशत, दुई वर्षभन्दा बढी ढिला गरेमा तीन गुणा, र तीन वर्षभन्दा बढी ढिला गरेमा चार गुणा शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ। 
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend