बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

मन्त्रिपरिषद्को १० निर्णय: सामाजिक सञ्जाल सात दिनभित्र दर्ता अनिवार्य

मन्त्रिपरिषद्को १० निर्णय: सामाजिक सञ्जाल सात दिनभित्र दर्ता अनिवार्य

38
Shares
38
Shares

काठमाडौँ, ११ भदौ । सरकारले सामाजिक सञ्जाल सात दिनभित्र दर्ता गर्नुपर्ने निर्णय गरेको छ । भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यस्तो जानकारी दिनुभयो।

सर्वोच्च अदालतको आदेशअनुसार सामाजिक सञ्जाल सञ्चालन गर्न सञ्चार मन्त्रालयमा अनिवार्य सूचीकरण गर्नुपर्ने र तोकिएको समयभित्र दर्ता नभएमा नेपालमै निष्क्रिय गराउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय भएको हो।

सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “सामाजिक सञ्जाललाई व्यवस्थित र जवाफदेही बनाउन सात दिनभित्र दर्ता गर्न सार्वजनिक आह्वान गरिएको छ। तोकिएको समयमा दर्ता नगरे वा सम्पर्कमा नआएमा ती सामाजिक सञ्जाललाई नेपालभित्र बन्द गरिनेछ। तर, सूचीकरण गरेलगत्तै पुनः सक्रिय गराइनेछ।”

सो बैठकका अन्य ९ सहित कुल १० वटा निर्णय मन्त्रिपरिषद्ले गरेको छ, जसको विवरण नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend