बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

पावर बल ज्याकपट: ८१५ मिलियन डलर, तपाईंले जित्नु भयो भने कति पाउनुहुन्छ ?

पावर बल ज्याकपट: ८१५ मिलियन डलर, तपाईंले जित्नु भयो भने कति पाउनुहुन्छ ?

201
Shares
201
Shares

कोलोराडो । पावर बल (Powerball) मा फेरि पनि कुनै विजेता नआएपछि जैकपोट बढेर करिब ८१५ मिलियन डलर पुगेको छ । जुन फेरि भोलि बेलुका अर्थात् बुधवार ड्र हुनेछ । यो खेलको इतिहासमै सातौँ ठुलो जैकपोट हो ।

सोमबारको ड्रमा आएका नम्बरहरू थिए सेता बल: १६, १९, ३४, ३७, ६४ र रातो Powerball: २२ । यी लोकप्रिय नम्बर भए पनि यसपालि कसैले सबै मिलाउन सकेनन् ।

तर, जर्जिया र टेक्सासका दुई टिकटले पाँच वटा सेता बल मिलाए । उनीहरूले १-१ मिलियन डलर जिते, तर रातो Powerball नपार्दा ठुलो जैकपोट जित्न सकेनन् ।

धेरै पावरबल विजेताहरूले नगद भुक्तानी नै रोज्छन्, जुन ८१५ मिलियन डलरको ज्याकपटको लागि ३६७.९ मिलियन डलर अनुमान गरिएको छ । यदि तपाइले जित्नु भयो भने तपाईँ ३६७.९ मिलियन डलर लिएर घर जानु हुनेछ।

यो जैकपोट यस वर्षकै सबैभन्दा ठुलो हो। यसअघि मार्चमा क्यालिफोर्नियामा बिक्री भएको टिकटले ५१५ मिलियन डलर जितेको थियो। साथै, यो अप्रिल २०२४ मा ओरेगनमा जितिएको १.३२६ बिलियन डलर पछि अहिलेसम्मको सबैभन्दा ठुलो जैकपोट हो ।

अहिले सम्मका सबैभन्दा ठुला पावरबल ज्याकपटहरुः

 

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend