बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

वीरगञ्जमा हैजा फैलियो

वीरगञ्जमा हैजा फैलियो

52
Shares
52
Shares

वीरगञ्ज । वीरगञ्जमा हैजाको संक्रमण देखिएको छ । हालसम्म वडा नं. ११, १२, १३ र १६ मा संक्रमित भेटिएका छन्। स्वास्थ्य शाखा प्रमुख राजुप्रसाद साहका अनुसार संक्रमित संख्या बढ्दै छ । हिजो ३ जनामा मात्र देखिएको संक्रमण आज ३६ पुगेको छ । बिरामीहरू विभिन्न अस्पतालमा उपचाररत छन् ।

मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश स्वास्थ्य निर्देशनालयलाई तत्काल प्रभावित क्षेत्रमा खटिन आदेश दिएका छन्। महानगरले अस्पताल प्रमुखहरूसँग छलफल गरेर २४ टोली गठन गरेको छ, जसले उपचार, नियन्त्रण र सचेतनामूलक काम गर्नेछ।

संक्रमण दूषित पानी र खानेकुराबाट फैलिएको अनुमान गरिएको छ। त्यसैले ठेलामा बिक्ने खानेकुरा तत्कालका लागि बन्द गराइएको छ। प्रभावित क्षेत्रका पानीको नमुना परीक्षणका लागि पठाइएको छ।

हालसम्म हैजाबाट कसैको मृत्यु नभएको पुष्टि भएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend