गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको राष्ट्रिय समन्वय परिषद्ले एक ठुलो राष्ट्रिय भेला तथा कार्ययोजना सम्मेलन आयोजना गर्न लागेको छ। यस कार्यक्रममा सबैलाई उपस्थित हुन एनआरएनए अमेरिकाका अध्यक्ष विकास उप्रेतीले आफ्नो सोसियल मिडिया मार्फत राष्ट्रिय भेलाको फ्लायर सेयर गर्दै आग्रह गरेका छन् ।
उनले एनआरएनएका अभियन्ता तथा पुर्व र वर्तमान पदाधिकारीहरू, संचारकर्मी तथा एनआरएनए अमेरिकाका सदस्यहरूलाई यस कार्यक्रममा सहभागी हुन आमन्त्रण गरेका छन्।
यो सम्मेलनको मुख्य उद्देश्य आगामी दुई वर्षको लागि साझा लक्ष्य र दृष्टिकोण तय गर्ने, संस्थाको कार्यदिशा स्पष्ट गर्ने र एक समृद्ध, सबैलाई साथ लिने र प्रभावकारी कार्ययोजना बनाउने हो । यसै गरी यो भेला प्रवासी नेपाली समुदायको हित र साझा भविष्यको लागि एक महत्वपुर्ण कदम हुने विश्वास गरिएको छ ।
कार्यक्रमको विवरण:
मिति: २०८२ असोज २८ गते (सेप्टेम्बर १३, २०२५, शनिवार)
समय: दिउँसो १२:०० बजे (CST)
स्थान: हिल्टन गार्डेन इन होटेल, डीएफडब्ल्यू एयरपोर्ट दक्षिण
ठेगाना: 2001 Valley View Lane, Irving, TX 75061
यस कार्यक्रममा उपस्थित जनाको विचार, अनुभव र सुझावहरूले संस्थालाई अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend