बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

८ वर्षपछि पर्दामा ‘माग्ने राजा’, दर्शकलाई हँसाउँदै–रुवाउँदै

८ वर्षपछि पर्दामा ‘माग्ने राजा’, दर्शकलाई हँसाउँदै–रुवाउँदै

278
Shares
278
Shares

काठमाडौँ । निर्देशक ऋषि लामिछानेले ८ वर्षपछि आफ्नो नयाँ फिल्म ‘माग्ने राजा’ ल्याएका छन्। यसअघि उनले धेरै फिल्म र सिरियल बनाए पनि यो फिल्म उनको लागि विशेष सपना र सङ्घर्षको कथा बनेको छ।

लामिछानेका अनुसार फिल्म बनाउन सजिलो थिएन। कहिले आँसु खस्ने क्षण आयो, कहिले असफलताको डर। तर उनले विश्वास गुमाएनन्। “एक दिन दर्शकलाई छुने कथा जन्मन्छ,” भन्ने सोचले नै उनले यो फिल्म बनाएका हुन्।

रिलिज अघि नै फिल्म चर्चामा आएको थियो । टिजर र ट्रेलरले लाखौँ भ्युज पाएका छन् भने गीत “म त सुतेर उठेको पैसामा” भाइरल भएको छ ।

दर्शकले प्रतिक्रिया दिएका छन्–“यो केवल हँसाउने मात्र होइन, जीवनको वास्तविकता देखाउने फिल्म हो।” कतिपयले “हाँस्दै–हाँस्दै आँसु झार्ने कथा” भनेका छन्।

निर्देशक लामिछानेले भनेका छन्–“अब तपाईँहरूको पालो हो, हलमा पुगेर आफ्नै फिल्मझैँ अनुभव दिनुहोस्।”

फिल्म अहिले देशभरका हलहरूमा प्रदर्शनमा छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend