बुधबार, कार्तिक ५ २०८३

५ कार्तिक २०८३ , बुधबार | October 22, 2026 Thursday

ट्रम्पद्वारा महिला स्वास्थ्य अनुसन्धानलाई प्राथमिकता दिने कार्यकारी आदेशमा हस्ताक्षर

ट्रम्पद्वारा महिला स्वास्थ्य अनुसन्धानलाई प्राथमिकता दिने कार्यकारी आदेशमा हस्ताक्षर

18
Shares
18
Shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिलाको स्वास्थ्यसम्बन्धी अनुसन्धानलाई विस्तार र प्रभावकारी बनाउन कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

सोमबार हस्ताक्षर गरिएको आदेशअनुसार राष्ट्रिय स्वास्थ्य संस्थान (एनआईएच) मा महिला स्वास्थ्यसम्बन्धी नयाँ विभाग स्थापना गरिनेछ। साथै, यस क्षेत्रमा अनुसन्धान र उपचार सुधारका लागि ह्वाइट हाउसमा विशेष कार्यदल गठन गरिनेछ।

प्रथम महिला मेलानिया ट्रम्पको पहलमा अघि बढाइएको यस योजनाले मातृ स्वास्थ्य, मानसिक स्वास्थ्य, एन्डोमेट्रियोसिस, मुटुरोग, अल्जाइमर र हड्डीसम्बन्धी रोगमा अनुसन्धानलाई प्राथमिकता दिनेछ।

राष्ट्रपति ट्रम्पले महिलालाई असर गर्ने तर पर्याप्त अध्ययन नभएका रोगको पहिचान, निदान प्रविधि र उपचारमा सुधार ल्याउनु आदेशको मुख्य उद्देश्य रहेको बताए। यद्यपि, योजनाका लागि छुट्टै बजेट वा निश्चित आर्थिक लक्ष्य भने तोकिएको छैन।

मेलानियाले महिलाको स्वास्थ्यमा सुधार ल्याउन नयाँ उपचार र रोग निको पार्ने उपायको खोजी आवश्यक रहेको बताइन्।
Video:AP

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend