मंगलबार, कार्तिक ४ २०८३

४ कार्तिक २०८३ , मंगलबार | October 20, 2026 Tuesday

त्रिशूली किनारमा भेटिएको शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते

त्रिशूली किनारमा भेटिएको शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते

6
Shares
6
Shares

काठमाडौँ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९, ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार सोमबार दिउँसो काभ्रेपलाञ्चोकका ५३ वर्षीय कान्छा परियार र उनका दुई छोरा २६ वर्षीय जंगे परियार र २४ वर्षीय रामचन्द्र परियारले नदी किनारमा उक्त शंकास्पद वस्तु फेला पारेका थिए। उनीहरूले वस्तुलाई आफूहरू बस्दै आएको ज्यामिरेघाटस्थित भाडाको कोठामा ल्याएका थिए।

कोठामा ल्याइएको वस्तु फुटाउने क्रममा विस्फोट हुँदा त्यसका छर्रा लागेर जंगे र रामचन्द्र घाइते भएका प्रहरीले जनाएको छ। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ।

घाइते दुवै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ। उक्त वस्तु के थियो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend