उडसाईड न्युयोर्क। अगष्ट २६,२०२६ (१० भाद्र,२०८३) मा नेपालको रसुवा, नुवाकोट र धादिंग लगायतका जील्लाहरुमा तिव्बतबाट हिमताल विष्फोटको कारणबाट श्रृजीत अकश्मात र अकल्पनीय रुपमा भोटेकोशी र त्रीशुली नदीमा आएको बाढीको कारणबाट नदी आसपासका हजारौं मानीसहरुले ज्यान गुमाउनुपरेको कहालीलाग्दो पीडा एवं हराईरहेका नागरीकहरुको खोजवीन तथा हजारौं घरबस्ती र भौतिक संरचनाहरुको अपुरणीय क्षतीप्रती हामी अमेरिका निवासी जिपी कोईराला फाउन्डेशन परीवार स्तब्ध छौं।यस शोकाकुल समयमा मृतकहरुप्रती भावपुर्ण श्रद्धांजली अर्पण गर्दै शोकाकुल परीवारजनमा हार्दिक समवेदना तथा धैर्यधारण गर्ने शक्तिको लागी प्रार्थना गर्दछौं।
देशमा परेको यो महाविपत्तीको सामना गर्न र पिडीतहरुको लागी राहत एवं दुखमा साथ दिने उद्देश्यले नेपाल सरकार प्रधानमन्त्री दैवी राहत तथा उद्दार कोषमा हामी तपशीलका जिपी कोईराला फाउन्डेशन अमेरिका च्याप्टरका कार्यसमितिका पदाधिकारी एवं स्वयंसेवक र आबद्ध ईच्छुक दाता महानुभावहरुले स्वैच्छिक आर्थिक सहयोग गरी जम्मा $४३५०(प्रचलीत नेपाल राष्ट्रबैंकको आजको दररेटमा आधारित करीब नेरु “छ लाख अन्ठाउन्न हजार “ रु ६,५८०००)जम्मा गरीएको सहर्ष जानकारी गराउँदछौं।
यस पुनीत कार्यमा सहयोगी सम्पुर्ण दाता महानुभावहरुप्रती धन्यवाद तथा आभार प्रकट गर्दै आगामी दिनहरुमा पनी देश विदेशमा रहेका जो कोहीलाई पर्नसक्ने आपतकालीन मानवीय सहयोगमा फाउन्डेशन परीवार सधैं लागीपर्ने प्रतिबद्धता फाउन्डेशनका कार्यबाहक अध्यक्ष सुवर्ण लामाले जनाउनुभयो। फाउन्डेशन परीवार सहयोगदाता प्राबितिक सहयोगी प्राईम ट्याक्सका प्रोप्राईटर प्रवीण केसी साथै सबै सहयोगीहरु प्रती जिपिके फाउन्डेसन अमेरिक हार्दिक आभार प्रकट गर्दछ। सहयोगी दाता महानुभावहरुको सहयोग रकम यसप्रकार रहेको जानकारी गराईन्छ।
दाताहरुको नामावली:
१)सुवर्ण लामा-$२०५
२)छिरिंग राप्के लामा-$२००
३)रेखा श्रेष्ठ-$३५०
४)राजेश आचार्य-$२०५
५)रामचन्द्र अधिकारी-$१०५
६)प्रेम अधिकारी क्षेत्री-$१०५
७)सुर्य सिंखडा-$१०१
८)ध्रुब कुँवर क्षेत्री-$१००
९)पासांग गोपर्मा-$१०५
१०)फुडोमा शेर्पा-$१०१
११)मलिक अहमद-$५००
१२)बील बहादुर तामांग-$३५०
१३)पुर्ण बहादुर तामांग-$२७०
१४)हरी मगर-$२००
१५)पेमा शेर्पा-$१०५
१६)मिंग्मा फुटी शेर्पा-$१०५
१७)डोमा शेर्पा-$१०५
१८)पल्सांग तामांग-$१०५
१९)दिलीप श्रेष्ठ-$१०१
२०)सन्जु तामांग-$१०१
२१)सहारा सुब्बा-$१०१
२२)एथन तामांग-$१०१
२३)प्रिया लामा-$१०१
२४)चुङी शेर्पा-$१००
२५)यांगेन नुर्बु शेर्पा-$७०
२६)दान बहादुर मल्ल-$५१
२७)गंगालाल प्रधान-$५१
२८)कृष्ण थामी-$५१
२९)सुजन खनाल-$५०
३०)दिनेश भण्डारी-$५०
३१)सुर्य लामा -$५०
३२)तासी लामा-$३०
३३)आंग शेर्पा-$२०
जम्माः-$४३५०
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend