सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

कोलोराडोका बालगायक अविकको स्वरमा ‘कृष्ण कन्हैया’ बालभजन सार्वजनिक

कोलोराडोका बालगायक अविकको स्वरमा ‘कृष्ण कन्हैया’ बालभजन सार्वजनिक

195
Shares
195
Shares

कोलोराडो, अमेरिका । बालबालिकामा भक्ति, संस्कार र आध्यात्मिक चेतना विकास गर्ने उद्देश्यले तयार गरिएको नेपाली बालभजन ‘कृष्ण कन्हैया’ सार्वजनिक भएको छ।

चर्चित सर्जक राजु परियारको शब्द तथा संगीतमा तयार भएको भजनमा बालगायक अविक अधिकारीले स्वर दिएका छन् । भगवान् श्रीकृष्णप्रतिको श्रद्धा र भक्तिलाई बालबालिकाले सहज रूपमा बुझ्न सक्ने शैलीमा भजन प्रस्तुत गरिएको छ।

भजनमा नारायण दंगालको संगीत संयोजन रहेको छ भने अडियो रेकर्डिङ म्युजिक प्लस एमएफमा गरिएको हो। गोपाल दयालले रेकर्डिङ, मनोज परियारले मिक्सिङ तथा मास्टरिङ र किरण अधिकारीले अडियो–भिडियोको जिम्मेवारी सम्हालेका छन् ।

भिडियो निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने छायांकन दिनेश खनालको रहेको छ। भिडियोमा अविक अधिकारीसहित अन्जु अधिकारी, अरिका अधिकारी, विशेष रोका, त्रियान श्रेष्ठ, प्रजिव श्रेष्ठ, कर्मा कुमारी श्रेष्ठ, इशिका दयाल र श्रेया दंगालको अभिनय छ ।

बालबालिकालाई लक्षित गर्दै निर्माण गरिएको ‘कृष्ण कन्हैया’ले मनोरञ्जनसँगै भक्ति, संस्कार र नेपाली मौलिक सांस्कृतिक भावनालाई बालमनसम्म पुर्‍याउने अपेक्षा गरिएको छ।

गीतको मुख्य भाव र विषयवस्तु
भजनमा भगवान् श्री कृष्णको बाल्यकालको लीला, आमा यशोदासँगको स्नेह र वृन्दावनमा गोपिनीहरूसँगको साङ्गीतिक सम्बन्धलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ:
बालकृष्णको लीला: गीतको सुरुवाती अंशहरूमा आमाको माया र दही-माखन चोरेर खाएको बाल्यकालको सम्झनालाई मार्मिक रूपमा चित्रण गरिएको छ।
वृन्दावन र मुरलीको धुन: बाल कृष्णले वृन्दावनमा मुरली बजाएर सबैलाई मोहित बनाएको भाव भजनको स्थायी अंशमा व्यक्त गरिएको छ।

गोपिनी र राधाको प्रेम भक्ति: वृन्दावनको प्राकृतिक सौन्दर्य र भक्ति भावले भरिएका गोपिनीहरूसँगको संवाद र समर्पणलाई गीतमा कलात्मक रूपमा समेटिएको छ।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend