मेरिल्यान्ड । मेरिल्यान्ड निवासी गौतम दाहालले नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । आगामी अगस्ट १४–१६ मा भर्जिनियामा हुने तेस्रो केन्द्रीय अधिवेशनलाई लक्षित गर्दै उनले आफ्नो उम्मेदवारीसँगै प्राथमिकता र कार्य योजना सार्वजनिक गरेका हुन् ।
दाहालले सङ्गठनलाई सुदृढ बनाउने, दोस्रो पुस्ताको सहभागिता बढाउने, नेपाल–अमेरिका सम्बन्ध विस्तार गर्ने तथा आर्थिक अनुशासन र पारदर्शितालाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै प्रविधिमैत्री सङ्गठन, सुशासन, अनुभवी व्यक्तित्वहरूको ‘थिंक ट्यांक’ गठन र नेपालको हितमा अमेरिकामा प्रभावकारी पैरवी गर्ने एजेन्डा अघि सारेका छन् ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend