काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले टेकनाथ रिजाललाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना सजाय सुनाएको छ।
मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले सरकारी लिखत कीर्ते कसुरमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना तथा ठगी कसुरमा पनि एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना तोकेको हो।
यस्तै, संगठित अपराधमा रिजाललाई एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिबाना सुनाइएको छ।
अदालतले एकीकृत सजायको व्यवस्था अनुसार सबैभन्दा बढी सजायलाई आधार मानेर रिजाललाई अन्तिम रूपमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना भोग्नुपर्ने फैसला गरेको छ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend