काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले एमाले सांसद राजेन्द्रकुमार राईको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।
आजको प्रतिनिधिसभा बैठकमा सांसद राईले सभामुखतर्फ संकेत गर्दै “कान सुन्नुहुन्छ कि हुन्न” भन्ने टिप्पणी गरेका थिए। त्यसपछि संसदमा विवाद भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो।
बैठक पुनः सुरु भएपछि सभामुखले सांसद राईलाई आफ्नो कुरा राख्न समय दिएका थिए। राईले सभामुखले आफ्नो कुरा नसुनी बोल्न रोक लगाएपछि आवेशमा आएर उक्त अभिव्यक्ति दिएको बताएका थिए।
त्यसपछि सभामुख अर्यालले उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्। हाल प्रतिनिधिसभा बैठक सुचारु रहेको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend