बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

हर्कराज राईद्वारा महावीर पुनसँग १० करोड बजेट माग

हर्कराज राईद्वारा महावीर पुनसँग १० करोड बजेट माग

30
Shares
30
Shares

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले धरानमा सञ्चालन हुने विज्ञान तथा प्रविधिसम्बन्धी तीन परियोजनाका लागि बजेट व्यवस्था गर्न विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग आग्रह गरेका छन्।

शुक्रवार पत्रमार्फत राईले धरान–१७ स्थित निर्माणाधीन प्रदेशस्तरीय नास्ट भवनका लागि कम्तीमा १० करोड रुपैयाँ बजेट उपलब्ध गराउन माग गरेका हुन्। साथै धरान आविष्कार तथा नवप्रवर्तन केन्द्रका लागि उपकरण खरिद र धरान–२० मा नमुना विन्ड टर्बाइन स्थापना गरी विद्युत् उत्पादन गर्ने योजनाका लागि पनि बजेट छुट्टाउन अनुरोध गरेका छन्।

यी योजनाले धरानलाई विज्ञान, प्रविधि र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने राईको भनाइ छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend