कोलोराडो (अमेरिका) – कोलोराडोस्थित नेपाली भाषी समुदायको सामाजिक संस्था नेपाली घर (नेपाल अमेरिका सोसल कल्चरल एक्सचेन्ज सोसाइटी) को सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।
डा. संगीता श्रोत्रियको संयोजकत्व तथा भुषणलाल श्रेष्ठ र डा. आनन्द पौडेल सदस्य रहेको निर्वाचन समितिले सबै पदमा एकल उम्मेदवारी परेपछि संस्थापक सदस्य एवं व्यवसायी तथा समाजसेवी गंगा चौलागाईंको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
नवनिर्वाचित कार्यसमितिमा भोला कटुवाल वरिष्ठ उपाध्यक्ष, कृष्ण काफ्ले र सुनिता थापा उपाध्यक्ष, राजु खनाल महासचिव, बिभिषिका अधिकारी सचिव, राजन सापकोटा कोषाध्यक्ष तथा शैलेन्द्र श्रेष्ठ संयुक्त कोषाध्यक्ष चयन भएका छन् ।

त्यसै गरी सुरेश रेग्मी जनसम्पर्क तथा सञ्चार अधिकारी, दिनेशकुमार कार्की कल्चर तथा इभेन्ट अधिकारी, पुष्कर बस्नेत रिसोर्स तथा फेसिलिटी अधिकारी, डैनी ब्राह्मण सुचना प्रविधि अधिकारी, समिका डिस्कोल महिला सशक्तीकरण संयोजक तथा चन्द्रकान्त अधिकारी युवा संयोजक निर्वाचित भएका छन् ।
बोर्ड अफ डाइरेक्टरमा दिनेश थापा, जित घिमिरे, उत्तरा बराल, अन्जना बस्नेत र सञ्जु बराल चयन भएका छन् । सन् २०१० मा स्थापना भएको नेपाली घरको यो आठौँ कार्यसमिति हो ।
संस्थाले नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण तथा अमेरिकामा नेपाली सांस्कृतिक केन्द्र स्थापना गर्ने लक्ष्यसहित समुदायमा एकता र सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
नेपाली घरमा नेतृत्व हस्तान्तरण तथा फिफा खेलको प्रत्यक्ष प्रसारण
कोलोराडोस्थित नेपाली समुदायको साझा संस्था नेपाली घरले नयाँ कार्यसमितिलाई स्वागत गर्न आगामी जुन २७ मा नेतृत्व हस्तान्तरण कार्यक्रम आयोजना गर्ने भएको छ।
शनिवार दिउँसो १ बजेदेखि ४ बजेसम्म नेपाली घर परिसरमा हुने कार्यक्रममा नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिनेछ। विगतका उपलब्धिको समीक्षा गर्दै आगामी कार्यकालका लागि शुभकामना आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा ठुलो पर्दामा फिफा फुटबल खेलको प्रत्यक्ष प्रसारण पनि गरिनेछ। आयोजकले सम्पूर्ण नेपाली समुदायलाई परिवार तथा साथीभाइसँग सहभागी भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend