बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

प्रदुषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको ‘स्वच्छ हावा’ परियोजना

प्रदुषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको ‘स्वच्छ हावा’ परियोजना

30
Shares
30
Shares

काठमाडौँ । सरकारले वायु प्रदूषण नियन्त्रण गरी स्वच्छ वातावरण कायम गर्न आगामी आर्थिक वर्ष २०८३/८४ देखि ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (एनक्याप)’ सञ्चालन गर्ने भएको छ। करिब ८ अर्ब ७१ करोड रुपैयाँ (५७ मिलियन अमेरिकी डलर) लागतको यस परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलर सहुलियत ऋण र ५ मिलियन डलर अनुदान स्वीकृत भएको छ।

परियोजनाअन्तर्गत औद्योगिक क्षेत्रमा स्वच्छ ऊर्जा प्रवर्द्धन, वायु गुणस्तर अनुगमन प्रणाली विस्तार तथा प्रदूषण नियन्त्रणका कार्यक्रम सञ्चालन गरिनेछन्। सरकारले ४०० उद्योगलाई सहुलियतपूर्ण वित्तीय पहुँच उपलब्ध गराउने, ३०० उद्योगमा हरित प्रविधिमा आधारित ब्वायलर तथा फर्नेस जडान गर्ने लक्ष्य राखेको छ।

Photo: AI


परियोजना पूर्ण रूपमा कार्यान्वयन भएपछि वार्षिक ५०० मेट्रिक टन पीएम–२.५ उत्सर्जन तथा १ लाख १० हजार टन हरितगृह ग्यास उत्सर्जन घट्ने अपेक्षा गरिएको छ। यसबाट काठमाडौँ उपत्यका र तराई क्षेत्रका करिब १ करोड ८० लाख नागरिक प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास गरिएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend