काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक आन्दोलनका अग्रणी योद्धा याम भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।
पार्टी केन्द्रीय कार्यालयद्वारा जारी शोक विज्ञप्तिमा ८१ वर्षीय भण्डारीले लोकतान्त्रिक आन्दोलन, विद्यार्थी राजनीति तथा पञ्चायत विरोधी सङ्घर्षमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिएको छ। सभापति थापाले भण्डारीको निधनबाट पार्टीले एक समर्पित र अविचलित योद्धा गुमाएको बताउँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
उहाँले स्वर्गीय भण्डारीकी धर्मपत्नी सन्ध्या भण्डारी, छोरा शरद, छोरीहरू अनुपमा र सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend