बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

१९औँ गणतन्त्र दिवस आज देशभर मनाइँदै

१९औँ गणतन्त्र दिवस आज देशभर मनाइँदै

21
Shares
21
Shares

काठमाडौँ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १९ वर्ष पूरा भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइँदै छ ।

वि.सं. २०६५ साल जेठ १५ गते जननिर्वाचित पहिलो संविधान सभाको बैठकले निरङ्कुश राजतन्त्रको औपचारिक अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको थियो ।

तत्कालीन नेकपा (माओवादी) को सशस्त्र आन्दोलन र सात राजनीतिक दलद्वारा सञ्चालित जनआन्दोलनको बलमा २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन अन्त्य गर्दै संसद् पुनःस्थापना गरेका थिए ।

त्यसपछि सम्पन्न संविधान सभा निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरूको पहिलो बैठकले २०६५ जेठ १५ गते गणतन्त्र घोषणा गर्दै नयाँ राजनीतिक युगको सुरुवात गरेको थियो ।

गणतन्त्र दिवसको अवसरमा आज सरकारी तथा गैरसरकारी निकायले विभिन्न कार्यक्रम, सभा समारोह, प्रभात फेरी र सांस्कृतिक गतिविधि आयोजना गरेका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend